Kathmandu Press

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन

जोहानेसबर्ग, कात्तिक २५ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको ८५ वर्षको उमेरमा आज निधन भएको छ। दक्षिण अफ्रिकाका अन्तिम गोरा...
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन

जोहानेसबर्ग, कात्तिक २५ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको ८५ वर्षको उमेरमा आज निधन भएको छ। दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गरेका थिए।

उनको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्वराष्ट्रपति क्लर्कको आज बिहान फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको हो। उनकी पत्नी एलिटा, छोराछोरी जान र सुसान र नातिनातिनाहरू छन्।

प्रकाशित मिति: १९:१९ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्