बागमती प्रदेशमा थपिए २ मन्त्री
काठमाडौं, कात्तिक २५ : बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका हुन् ।मन्त्रिपरिषद्मा नेकपा...
काठमाडौं, कात्तिक २५ : बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका हुन् ।
मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरिएको हो । मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए ।
त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो ।
प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
