Kathmandu Press

थप आठ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं, कात्तिक २५ : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप  आठ  जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन...
थप आठ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं, कात्तिक २५ : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप  आठ  जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १११ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर छ र एन्टिजेन विधिमार्फत दुई जनामा सङ्क्रमण देखिएको हो ।

Hardik ivf

 पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार र महाकाली अस्पतालमा दुई जनामा सङ्क्रमण देखिएको हो । यस्तै एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर आठ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचारका क्रममा कञ्चनपुरको भिमदत्त नगरपालिका– ७ का ७० वर्षीया महिलाको मृत्यु भएको हो । यसअघि बुधबार यस प्रदेशमा ६ सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए ।

यस प्रदेशमा हालसम्म कोरोनाका कारण ६०७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्