Kathmandu Press

तीन दिनभित्र विवरण उपलब्ध गराउन नेप्सेको निर्देशन

काठमाडौं, कात्तिक २५ : नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ। नेप्सेले खारे इन्भेस्टमेन्टको प्रबन्धपत्र, नियमावली,...
तीन दिनभित्र विवरण उपलब्ध गराउन नेप्सेको निर्देशन

काठमाडौं, कात्तिक २५ : नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ। 

नेप्सेले खारे इन्भेस्टमेन्टको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरणलगायत लगानीका विविध विषयमा जानकारी मागेको थियो। राधीले ती विषयमा आंशिक मात्रै विवरण दिएर नेप्सेको निर्देशनलाई अवज्ञा गरेको पाइएको छ।

नेप्सेको सुपरिवेक्षण शाखाका कामु सहायक प्रबन्ध सुवोध ढुङ्गेलका अनुसार लगानीको सम्पूर्ण विवरण नदिइएको पाइएकाले तीन दिनभित्र पेस गर्न निर्देशन दिइएको छ । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ बमोजिम तीन कार्य दिनभित्र मागिएको विवरण उपलब्ध गराउन पुनः निर्देशन दिइएको छ। सो समयावधीभित्र विवरण पेस नगरेको पाइएमा धितोपत्रको प्रचलित ऐन, नियमअनुसार कारबाही हुने नेप्सेले जनाएको छ। 

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, कात्तिक २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्