Kathmandu Press

पाकिस्तानको लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

इस्लामाबाद, कात्तिक २५ : अमेरिकाको वायु गुणस्तर मापन सम्यन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्कअनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ।पाकिस्तानको...
पाकिस्तानको लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

इस्लामाबाद, कात्तिक २५ : अमेरिकाको वायु गुणस्तर मापन सम्यन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्कअनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ।

पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो। त्यसैगरी उक्त सूचीमा कराँची पाँचौं स्थानमा रहेको छ।

गुलबर्गमा ६८१, राइविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ।

यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ।

प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, कात्तिक २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्