भारत भ्रमणमा रहेका प्रधान सेनापति शर्माले भेटे विदेशमन्त्री, रक्षामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार
काठमाडौं, कात्तिक २५ : प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका...
काठमाडौं, कात्तिक २५ : प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्। चारदिने भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले तेस्रोदिन आज उनीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।
उक्त शिष्टाचार भेट पश्चात आज नै प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमणसमेत गरेका थिए । नेशनल डिफेन्स कलेजमा प्रधान सेनापति शर्मालाई ‘वाल अफ अनर’मा ‘इनडक्ट’ समेत गरियो। यसरी ‘वाल अफ अनर’मा ‘इनडक्ट’ हुने शर्मा पहिलो व्यक्ति भएको पनि नेपाली सेनाले जानकारी दिएको छ ।
प्रधानसेनापति शर्मा भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत भ्रमणमा छन्। हिजो उनले राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरेका थिए।
















![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
