Kathmandu Press

देशभरिमा ३१७ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा १५३ जना

काठमाडौं, कात्तिक २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ११०, भक्तपुरमा ७ र ललितपुरमा...
देशभरिमा ३१७ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा १५३ जना

काठमाडौं, कात्तिक २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ११०, भक्तपुरमा ७ र ललितपुरमा ३६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,४९९ रहेको छ।

तीमध्ये काठमाडौंमा ५१०, भक्तपुरमा ४९२ र ललितपुरमा ४९७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभरिमा ३१७ जना कोरोना संक्रमित थपिएका छन्।
 

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्