Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने अनेरास्ववियुकाे चेतावनी

काठमाडौं, कात्तिक २५ : एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएको छ।आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुकी...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने अनेरास्ववियुकाे चेतावनी

काठमाडौं, कात्तिक २५ : एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएको छ।

आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले मूल्यवृद्धि फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएकी हुन्।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यस को प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मुल्यवाद फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मूल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ,’ विज्ञप्तिमा उललेख छ।

‘मूल्य समायोजन भन्ने बहानामा अन्तराष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायले चुहावट नियन्त्रण एवं बोनस र भत्ता वितराणमा बेवास्ता गरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मुल्य वृद्धि गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानिलाई लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटकपटक मूल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष बरालले देशैभरिका अनेरास्ववियुका नेताकार्यकताहरुलाई मूल्यवृद्धिविरुद्ध आन्दोलनमा उत्रन आह्वान गरेकी छन्।

नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। निगमले १२ दिनअघि मात्र मूल्यवृद्धि गरेको थियो।

प्रकाशित मिति: १६:१३ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्