Kathmandu Press

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको थियो।
नवनियुक्त तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, कात्तिक २५ : नवनियुक्त तीन प्रदेश प्रमुखहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पनि उपस्थिति थियो।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक मंगलबार प्रदेश १ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन्।

प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्