Kathmandu Press

अमेरिकी विशेष दूत र तालिबान विदेशमन्त्रीबीच भेटवार्ता

काबुल, कात्तिक २५ : अफगानिस्तानका लागि अमेरिककाका विशेष दूत थोमस वेस्ट र अफगानिस्तानका विदेशमन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ।तालिबानका शीर्ष नेतासमेत रहेकी खानले अमेरिकी...
अमेरिकी विशेष दूत र तालिबान विदेशमन्त्रीबीच भेटवार्ता

काबुल, कात्तिक २५ : अफगानिस्तानका लागि अमेरिककाका विशेष दूत थोमस वेस्ट र अफगानिस्तानका विदेशमन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ।

तालिबानका शीर्ष नेतासमेत रहेकी खानले अमेरिकी विशेष दूतलाई पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता गरेकी हुन्।
 
अफगानिस्तानको तालिबान सरकारका तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा पाकिस्तान गएका बेला उनले अमेरिकी विषेश दूतसँग छलफल गरेको जनाइएको छ।

Hardik ivf

दुवैजना पाकिस्तानमा आयोजना गरिएको एक विशेष बैठक ‘ट्रोइका प्लस’ बैठकमा सहभागी हुन जाने क्रममा उनीहरुबीच भेटवार्ता भएको अधिकारीहरुले जनाएका छन्।

तालिबान सरकारका प्रमुख नेता तथा विदेश मन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको हो।

पाकिस्तानमा बिहीबार नै अमेरिका, चीन, रुस र पाकिस्तानका कुटनीतिज्ञहरुको बैठक आयोजना गरिएको छ। बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको हो ।  

बैठकको अध्यक्षता पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशी र राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले गर्ने कार्यक्रम रहेको छ। चार देशका प्रतिनिधिहरुले अफगानिस्तानका अन्तरिम विदेश मन्त्री अमिर खान मोक्त्तावीसँग अन्तरक्रिया गर्ने भएका छन्।

तालिवान विद्रोहीहरुले गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गरेर अन्तरिम सरकार गठन गरेपछि सरकारको तर्फबाट यो नै पहिलो विदेश भ्रमण हो। 

तालिबान सरकारप्रति सहयोगी र शंकापूर्ण व्यवहार गर्ने दुवै प्रकारका देशका प्रतिनिधिहरू बैठकमा सहभागी भएका छन्। बैठकमा सहभागीमध्ये अमेरिकाले तालिबान सरकारप्रति आशंका व्यक्त गर्दै असहयोगको नीति लिएको छ भने चीन, रुस र पाकिस्तान तालिवान सरकारप्रति निकै सकारात्मक र सहयोगी हुँदै आएका छन्।

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्