आगलागीबाट कार जलेर नष्ट
सुनसरी, कात्तिक २५ : सुनसरीमा एउट कार आगलागीबाट जलेर नष्ट भएको छ।सुनसरीको बराहक्षेत्र नगरपालिका–६ शिवालयस्थित बिन्दु गोस्वामीको आफ्नै घर अगाडि बाटोमा पार्किङ गरी राखेको...
सुनसरी, कात्तिक २५ : सुनसरीमा एउट कार आगलागीबाट जलेर नष्ट भएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ शिवालयस्थित बिन्दु गोस्वामीको आफ्नै घर अगाडि बाटोमा पार्किङ गरी राखेको बा२च ७८९९ नम्बरको कारमा बुधबार राति आगलागी हुँदा कार पूर्णरुपमा जलेर नष्ट भएको छ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












