शिक्षकको कुटाईबाट विद्यार्थी गम्भीर घाइते
सल्यान, माघ १७– शिक्षकको कुटाईबाट एक विद्यार्थी घाइते भएका छन् । सल्यानकोे कुमाख गाउँपालिका–२, मा रहेको नारायण माविमा कक्षा १० मा अध्ययनरत छात्र राजु हमालल....

सल्यान, माघ १७– शिक्षकको कुटाईबाट एक विद्यार्थी घाइते भएका छन् । सल्यानकोे कुमाख गाउँपालिका–२, मा रहेको नारायण माविमा कक्षा १० मा अध्ययनरत छात्र राजु हमाललाई सोही विद्यालयका शिक्षक हिमबहादुर बुढाले कुटेर घाइते बनाएका हुन् ।
कक्षा कोठामा शिक्षक पढाइरहँदा हमालले बाहिरबाट ढोका बन्द गरेपछि शिक्षक बुढा कक्षाकोठामै थुनिएका थिए । शिक्षकले विद्यालयको अर्को शिक्षकलाई फोनगरी कोठा खोलाएका थिए ।
शिक्षक बुढाले रिसको झोकले विद्यार्थीलाई पिटेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले बताए । हमाललाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको परिवारले आरोप लगाएको छ ।
एसईईको तयारीका लागि कोठा लिएर पढ्दै गरेका विद्यार्थीलाई कोठामै गएर शिक्षकले बाँसको लठ्ठीले कुटपिट गरेर घाइते बनाएको पीडित विद्यार्थीका बुबा गणेश हमालले बताए ।
घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई अस्थायी प्रहरी पोष्ट नेटाले नियन्त्रणमा लिएको छ ।
अहिले यस विषयमा विद्यालय व्यवस्थापन समिति र पीडित पक्षबीच छलफल भैरहेको प्रहरीले जनाएको छ ।








-(86)-1764936079.jpg)


-1764760320.jpg)