Kathmandu Press

बेलायतमा अझै दैनिक ४० हजार नयाँ सङ्क्रमित

लन्डन, कात्तिक २५ : बेलायतमा अझै पनि दैनिक झन्डै ४० हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने गरेका छन्।सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९...
बेलायतमा अझै दैनिक ४० हजार नयाँ सङ्क्रमित

लन्डन, कात्तिक २५ : बेलायतमा अझै पनि दैनिक झन्डै ४० हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने गरेका छन्।

सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएका छन्। सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। 

योसँगै बेलायतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ३३८ पुगेको छ।सङ्क्रमित भएका मध्ये आठ हजार ८५९ जना अस्पतालमा रहेका छन्। सङ्क्रमित अवस्थामै रहेका अरु भने होम आइसोलेसनमै रहेको जनाइएको छ।

देशभरीका १२ वर्षभन्दा माथिका ८७ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेको सरकारी अधिकारीहरुले जनाएका छन्। त्यसैगरी खोप लगाउन मिल्ने कुल जनसङ्ख्याको ७९ प्रतिशतले कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएको पाइएको छ।

सरकारी अधिकारीहरुका अनुसार १९ प्रतिशतभन्दा बढी मानिसले तेस्रो खोप अर्थात अतिरिक्त खोप पनि लगाएका छन्। दैनिक यति ठूलो सङ्ख्यामा मानिसहरु सङ्क्रमित भएको देखिएपनि बेलायतको दैनिक जीवन अहिले सामान्य नै रहेको छ।

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, कात्तिक २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्