तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
मोरङ, कात्तिक २५ : विराटनगर महानगरपालिका–१६ भट्टी मोड बस्ने लक्ष्मी लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१५ बस्ने ४३ वर्षीय वसन्त राई समेत...
मोरङ, कात्तिक २५ : विराटनगर महानगरपालिका–१६ भट्टी मोड बस्ने लक्ष्मी लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१५ बस्ने ४३ वर्षीय वसन्त राई समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:४३ बजे, बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












