करेन्ट लागेर काभ्रेमा एकजनाकाे मृत्यु
काभ्रे, कात्तिक २५ : पनौती नगरपालिका–२ बोलखे गाउँस्थित विद्युतको मेनलाईनको तार तान्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–३ बस्ने २५ वर्षीय सुनिल घिमिरेको बुधबार साँझ...
काभ्रे, कात्तिक २५ : पनौती नगरपालिका–२ बोलखे गाउँस्थित विद्युतको मेनलाईनको तार तान्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–३ बस्ने २५ वर्षीय सुनिल घिमिरेको बुधबार साँझ मृत्यु भएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












