प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं, कात्तिक २५ : भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आज भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेका छन्। आज भारतीय विदेशमन्त्री जयशंकरले आफ्नो ट्विटरमार्फत भेटवार्ताबारे जानकारी दिएका...
काठमाडौं, कात्तिक २५ : भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आज भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेका छन्।
आज भारतीय विदेशमन्त्री जयशंकरले आफ्नो ट्विटरमार्फत भेटवार्ताबारे जानकारी दिएका हुन्।
‘नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुसी लागेको छ,’ उनले ट्विट गरेका छन्, ‘उहाँको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई थप प्रगाढ बनाएको छ।’
मंगलबार भारत भ्रमणका लागि गएका प्रधानसेनापति शर्माले सोही दिन भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई भेटेका थिए।
बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनलाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।
प्रकाशित मिति: १३:४२ बजे, बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
