नेपालमा ग्यालेक्सी नोट १० र १० प्लसको प्रि-बुकिङ खुल्यो, मूल्य कति?
काठमाडौं, साउन ३१ : नेपाली प्रयोकर्ताका लागि ग्यालेक्सी नोट १० र १० प्लसको प्रि-बुकिङ खुलेको छ।
दुवै सेटको प्रि-बुकिङ साउन ....

काठमाडौं, साउन ३१ : नेपाली प्रयोकर्ताका लागि ग्यालेक्सी नोट १० र १० प्लसको प्रि-बुकिङ खुलेको छ।
दुवै सेटको प्रि-बुकिङ साउन २७ देखि खुलेको छ भने उपभोक्ताले भदौ ६ गतेसम्म बुकिङ गर्नसक्ने छन्। नोट १० दुई रंगमा र टेन प्लस तीन रंगमा उपलब्ध छ।
प्रि–बुकिङ गर्ने ग्राहकले निःशुल्क रुपमा ग्यालेक्सी बड्स वा १२ हजार रुपैयाँमा ग्यालेक्सी एक्टिभ वाच प्राप्त गर्न सक्नेछन्। यस्तै, विकल्पमा सोही मूल्यमा २४ इन्चको कभ्र्ड मोनिटर प्राप्तगर्न सक्नेछन्।
नेपाली बजारमा ग्यालेक्सी १० को मूल्य १ लाख १६ हजार र ग्यालेक्सीनोट १० प्लसको मूल्य १ लाख ३५ हजार तोकिएको छ ।
प्रि–बुकिङ गर्नेहरुका लागि सामसुङले टर्किस एयरलाइन्सको टिकट खरिदमा १५ प्रतिशतसम्म छुट तथा केजीएच ग्रुपका होटलका रुममा ५ हजार रुपैयाँसम्मको छुट दिने भएको छ।
यस्तै, बयोधा हस्पिटलमा १५ प्रतिशतसम्मको छुट, लेट मिइनको सेवामा २० प्रतिशतसम्मको छुट तथा एस ट्राभल्समा १० प्रतिशतसम्मको छुट सुविधा उल्लेख छ।










-1754206481.jpg)
