Kathmandu Press

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने बारको घोषणा

काठमाडौं, कात्तिक २५ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भोलि (शुक्रबार) सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ।बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि...
प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने बारको घोषणा

काठमाडौं, कात्तिक २५ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भोलि (शुक्रबार) सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ।

बारले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो। 

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि १० बजे अधिवक्ताहरू अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेशमा रोक  लगाउने बताए।

उनले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको संरक्षक र भ्रष्टका नाइकेको संज्ञा पनि दिए। नयाँ प्रधानन्यायाधीश नियुक्त नगरेसम्म आन्दोलन जारी रहने पनि उनले बताए।  

न्यायालय विवादविरुद्धको आन्दोलनमा राजनीतिक दलहरूसमेत सहभागी हुनुपर्नेमा उनले जोड दिए।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच आज झडप भएको थियो।

त्यसक्रममा बार महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन्।

शुक्रबारबाट आन्दोलनको स्वरूप फेरिने पनि बताइएको बताए। 

प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्