विप्लवले ३० गते नेपाल बन्द गर्ने
काठमाडौं, कात्तिक २५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा कात्तिक ३० गते नेपाल बन्द गर्ने भएको छ।त्यसअघि सो....jpg)
काठमाडौं, कात्तिक २५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा कात्तिक ३० गते नेपाल बन्द गर्ने भएको छ।
त्यसअघि सो पार्टीले कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन पनि गर्ने भएको छ।
सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेको विरोधमा सो पार्टीले बिहीबार विज्ञप्ति जारी गरेर कात्तिक २५ देखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
सार्वजनिक गरिएको कार्यक्रमअनुसार २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्काजाम, कात्तिक २९ गते दिउँसो सिटी जुलुस, साँझ मसाल जुलुस र कात्तिकका कार्यक्रम गर्ने उल्लेख छ।
आफ्नो पार्टी जनसरोकारको अन्यायपूर्ण उत्पीडनलाई मूकदर्शक भएर हेरिरहन नसक्ने विप्लवले बताएका छन्।
‘तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ।’











![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
