Kathmandu Press

प्रहरीसँगकाे झडपमा ६ वकिल घाइते, बारले शुक्रबार सबै इजलास बहिष्कार गर्ने

काठमाडौं, कात्तिक २५ : नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ।शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा बारले...
प्रहरीसँगकाे झडपमा ६ वकिल घाइते, बारले शुक्रबार सबै इजलास बहिष्कार गर्ने

काठमाडौं, कात्तिक २५ : नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा बारले इजलास बहिष्कारको घोषणा गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच आज झडप हुँदा बार महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको बताइएको छ।

आफूहरूको प्रदर्शनमा प्रहरीले एक्कासि हस्तक्षेप गरेर माइक खोसेको बारले आरोप लगाएको छ। प्रहरी हस्तक्षेपकाे विराेधमा शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने बारको भनाइ छ।

अधिवक्ताहरूले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्नेलगायत विभिन्न माग राखेर चर्का नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्