Kathmandu Press

१३ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २५ : आज नेपाली बजारमा सुनको मूल्य १३ सय रुपैयाँले उकालो लागेको छ।आज छापावाला सुन तोलाको रू. ९४ हजारले किनबेच भइरहेको नेपाल...
१३ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २५ : आज नेपाली बजारमा सुनको मूल्य १३ सय रुपैयाँले उकालो लागेको छ।

आज छापावाला सुन तोलाको ९४ हजार रुपैयाँलेले किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाला सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। 

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 
 

प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, कात्तिक २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्