प्रधानन्यायाधीश राणाले तोके ९ इजलास
काठमाडौं, कात्तिक २५ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि सबैखाले मुद्दाको लागि आफूसहित ९ वटा इजलास तोकेका छन्। राणाले आफ्नो पनि एकल इजलास तोक्दै...
काठमाडौं, कात्तिक २५ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि सबैखाले मुद्दाको लागि आफूसहित ९ वटा इजलास तोकेका छन्।
राणाले आफ्नो पनि एकल इजलास तोक्दै ६ वटा मुद्दा पेसीका लागि राखेका छन्। तीनजना न्यायाधीशको उनले पूर्ण इजलास तोकेका छन्। आजका लागि एक सय ७७ मुद्दाको पेसी तोकिएको छ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गरिहरेको नेपाल बार एसोसिएसनले उनलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ।
असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन् । यता बार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आज पनि धर्ना दिइरहेको छ । बारले आज सर्वोच्चसहित काठमाडौं उपत्यकाका सबै अदालतमा बिहान १० बजेदेखि धर्ना दिइरहेको छ ।
धर्नाको अवधिमा इजलास बहिस्कार गर्न उपत्यकाभित्र रहेका सबै न्यायाधीशलाई पनि बारले अनुरोध गरेको छ। उपत्यकाका अदालतमा धर्ना कार्यक्रम ३० कात्तिकसम्म चल्ने छ ।
प्रधानन्यायाधीश राणाले भने राजीनामा नदिने अडान राखेका छन्।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
