Kathmandu Press

वडा अनुसार कृषि उत्पादन

बलेवा, कात्तिक २५ : बरेङ गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ। गाउँपालिकाका पाँच वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र...
वडा अनुसार कृषि उत्पादन

बलेवा, कात्तिक २५ : बरेङ गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ। गाउँपालिकाका पाँच वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यवसायिक उत्पादनमा जोडेको हो।

मकैको उत्पादन राम्रो हुने वडा नं १ धुल्लुबास्कोटलाई मकै पकेट क्षेत्रको रुपमा विकास गर्न थालिएको छ। रैथाने बालीको संरक्षण र उत्पादन धेरै दिने आधुनिक मकै बालीसमेतको विस्तार थालिएको गाउँपालिकाले जनाएको छ। 

Hardik ivf

घाँसे मैदान र वनजङ्गल धेरै रहेको धुल्लुबास्कोटमा भैँसीपालन कार्यक्रम सञ्चालित छ। यहाँका किसानले भैँसीका पाडापाडी उत्पादन, दूध उत्पादन र व्यावसायिक मकैखेती गर्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए। वडा नं २ हुग्दीशीरमा अलैँची खेतीको पकेट घोषणा गरिएको छ। यहाँका किसानले परम्परागत खेती प्रणालीलाई सुधार गरी व्यावसायिक अलैँची खेती गर्दै आएका छन्। 

‘बाँझो जमिन र खेतीयोग्य जमिनमा समेत अलैँचीको व्यावसायिक उत्पादन थालेका छौँ,’ नमूना अलैँची फार्मका अध्यक्ष विमल शर्माले भने, ‘घरबाटै अलैँचीको बिक्री हुन्छ, उत्पादन पनि सन्तोषजनक छ।’ यहाँका किसानले हरेक वर्ष ३० क्विन्टलसम्म अलैँची निर्यात गर्ने गरेका छन्। तरकारी र फलफूल खेतीका लागि उर्वरभूमि रहेको वडा नं ३ बाटाकाचौरलाई फलफूल पकेट क्षेत्रको रुपमा विकास गरिएको छ। यहाँ कागती, सुन्तला, अम्बा, प्लम लगायतका फलफूलको व्यावसायिक उत्पादन हुने उनले जानकारी दिए। 

‘वडाअनुसार उत्पादन क्षमता फरक भएको भूगोल हामीसँग छ, सोहीअनुसारको प्राविधिक सहयोग र अनुदानको व्यवस्था गाउँपालिकाले गरेको छ,’ उनले भने, ‘सरकार र प्रदेश सरकारका पकेट तथा जोन विकास कार्यक्रमसँग सहकार्य गरेका छौँ ।’ बरेङले पशुपालनलाई आफ्नो मुख्य उत्पादनको क्षेत्र भनेको छ। खेतीयोग्य जमिन कम भएको गाउँपालिकाले पशुपालनमा ध्यान दिएको गाउँपालिका अध्यक्ष शर्माले जानकारी दिए। बाख्रा पालनका लागि राम्रो मानिएको वडा नं ४ सल्यानलाई गाउँपालिकाले बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ।

आलुको उत्पादन राम्रो हुने वडा नं ५ सुखौरा आलु पकेट क्षेत्र हो। यहाँका किसानले परम्परागत रुपमा नै उत्पादन गर्दै आएको आलु पछिल्लो समय बाहिरी बजारमा जाने गरेको छ। ‘सुखौरा आलुका लागि चर्चित ठाउँ नै हो, पहिले पहिले अन्नसँग साट्नेबाहेक घरायसी प्रयोजनका लागि मात्रै उत्पादन हुने आलु अहिले व्यावसायिक बनेको छ,’ स्थानीयवासी दुर्गाप्रसाद शर्माले भने, ‘किसानले फलाएको आलुको बजारीकरण र मूल्य निर्धारणमा गाउँपालिकाले सहयोग गर्ने गरेको छ।’
 

प्रकाशित मिति: १०:३२ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्