आजबाट १२औं राष्ट्रिय जनगणना सुरु हुँदै
काठमाडौं, कात्तिक २५ : आजबाट ‘मेरो गणना मेरो सहभागीता’ भन्ने नाराका साथ १२औँ राष्ट्रिय जनजणना सुरु हुँदै छ। आज बिहान साढे ९ बजे राष्ट्रपति...
काठमाडौं, कात्तिक २५ : आजबाट ‘मेरो गणना मेरो सहभागीता’ भन्ने नाराका साथ १२औँ राष्ट्रिय जनजणना सुरु हुँदै छ।
आज बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।
कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
यसका लागि विभागले ४० हजार जना गणक खटाउने भएको छ। तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले जनगणनाको सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको बताए।
४० हजार गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनेछन् भने कुल ८० प्रश्न सोधिनेछ। एक जना गणकले एक परिवारमा औसत २५ देखि ३० मिनेट लगाउने हुने प्रवक्ता चौलागाइँले बताए।
यस पटक १५ दिनमा देशभर जनगणना गरिनेछ। यसका लागि घर परिवार सूचीकरण गरिसकिएको छ।
प्रकाशित मिति: ०७:४२ बजे, बिहीबार, कात्तिक २५, २०७८
थप समाचार






