ग्यापुले ल्यायो बृहत अनलाइन सेल
काठमाडौं, कात्तिक २४ : गत वर्ष झै यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले देशकै ठूलो सेल कार्यक्रम ११.११ को घोषणा गरेको छ...
काठमाडौं, कात्तिक २४ : गत वर्ष झै यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले देशकै ठूलो सेल कार्यक्रम ११.११ को घोषणा गरेको छ ।
थुप्रै आकर्षक छुट र अफरका साथ ग्यापुले नोबेम्बर ११ मा हुने यो बृहत सेलको घोषणा गरेको छ । गत वर्ष ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काको जन्मदिनकै शुभ अवसरमा परेको यो ११.११ एकदिने सेल भव्य रुपमा सम्पन्न भएको थियो ।
सो बेला २४ घण्टा सम्म सम्पन्न भएको सेल धेरै बिक्री भएको थियो । जाडोको कपडा, स्मार्टफोन, भान्छाको सामान वा अन्य घरायसी सामान लिने सोचमा भएकाहरुलाई ग्यापुको ११.११ सेल सुनौलो अवसर हुने बताइएको छ ।
ग्यापुमा उपलब्ध हरेक सामग्रीहरूमा आकर्षक छुट र क्यासब्याक अफर पनि पाइने बताइएको छ । यो बृहत सेल नोबेम्बर ११ को मध्यरात देखि सुरु भएर २४ घण्टा सम्म उपलब्ध हुनेछ ।
यस अवसरमा खरिद गरिएका सामग्रीको निःशुल्क डेलिभरी पनि गरिने बताइएको छ ।











