फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कसको कति पुग्यो ?
मूल्य वढाएको दुई हप्ता पनि नबित्दै निगमले पुनः पेट्रोल र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।
काठमाडौं, कात्तिक २४ : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वढाएको छ ।
मूल्य वढाएको दुई हप्ता पनि नबित्दै निगमले पुनः पेट्रोल र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।
यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ । हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढाएको छ । अब आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।
वढेको मूल्य आजराति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यसअघि कात्तिक १२ गते पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
प्रकाशित मिति: २०:२४ बजे, बुधबार, कात्तिक २४, २०७८
थप समाचार






