राष्ट्रिय जनगणना भोलीदेखि, लिपुलेक, लिम्पियाधुरा र कालापानीमा पनि जनगणना
काठमाडौं, कात्तिक २४ : १२ औं राष्ट्रिय जनगणना बिहीबार (भोलीदेखि) देखि देशभर सुरु हुने भएको छ ।भोली देखि हुने जनगणनाको मुल गणनाको सबै...
काठमाडौं, कात्तिक २४ : १२ औं राष्ट्रिय जनगणना बिहीबार (भोलीदेखि) देखि देशभर सुरु हुने भएको छ ।
भोली देखि हुने जनगणनाको मुल गणनाको सबै तयारी पुरा भएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए । उनका अनुसार जनगणनाका लागि ४० हजार हारहारीमा गणक खटिनेछन् भने ८ हजार ५०० सुरपरीक्षेक पनि संलग्न हुनेछन् ।
जनगणनाका लागि सातै प्रदेशका साथै जिल्लास्तरका ८७ स्थानमा जनगणना कार्यालय स्थापना भएका छन् भने स्थानीय स्तरमा पनि ३४९ कार्यालय स्थापना गरिएको छ । भोलि बिहानदेखि सुरु हुने जनगणना मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।
एक जना गणकले सरदर १५ दिनमा १७५ घरपरिवारको गणना गर्नुपर्ने गरि व्यवस्था मिलाईएको छ । जनगणनाका तथ्यांकको दुरुपयोग हुन नदिन आफूहरु सचेत रहेको र सबै तथ्यांक गोप्य रहने बताईएको छ ।
नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवत् जावत् गर्न दिएमा भौतिक रुपमा उपस्थित भई जनगणना गरिने यद्यपी आवतजावत गर्न नदिएमाको खण्डमा अन्य वैकल्पिक स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गर्ने तथ्यांक विभागको भनाइ छ ।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
