प्रदेश नं १ मा ६७ जनामा कोरोना सङ्क्रमण
विराटनगर, कात्तिक २४ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। चार सय ३७...विराटनगर, कात्तिक २४ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। चार सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा दुई/दुई, धनकुटा र भोजपुरमा एक/एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै २४ महिलासहित ५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।
प्रकाशित मिति: १९:३८ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१