सगरमाथा चढ्ने तयारीमा इलाम सूर्योदयकी युवन्तिका तामाङ
काठमाडौं, कात्तिक २४ : इलाम सूर्योदय नगरपालिका–१० कि युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् ।विभिन्न साहसिक खेल र बाइक राइडिङकी...काठमाडौं, कात्तिक २४ : इलाम सूर्योदय नगरपालिका–१० कि युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् ।
विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन २८ बर्षीया तामाङले आगामी अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने भएकी हुन् । इलाइट हिमालय एक्सपीट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहेकी उनी हालै मात्र सगरमाथाको लोबुचे पिकसम्मको ६ हजार १ सय १९ मिटरको उचाइको आरोहण गरेर फर्किएकी थिईन् ।
कृषि पेशामा आबद्ध प्रकाश तामाङ र मधु तामाङकी एक्ली छोरी युवन्तिका वाइक राइडिङमा अब्बल छिन् । सगरमाथा आरोहण खर्चिलो हुने भएकाले उनी यतिबेला खर्च जुटाउने कसरतमा लागेकी हुन् । उनी भन्छिन्, ‘जिल्लाबाट पहिलो महिला आरोही बनेर सगरमाथाको शिखरमा पुगेर राष्ट्रिय झन्डा फहराउने हिम्मत लिएको छु ।
सपना पूरा गर्छु भन्ने आशा छ । यसका लागि सबैको सहयोगको अपेक्षा गरेको छु ।’ पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपालीहरुलाई सामान्यत ३५ लाखको हाराहारीमा खर्च हुने गर्छ । स्थानीय युवाहरुले उनका लागि खर्च जुटाउने अभियान शुरु गरेका छन् ।