Kathmandu Press

अमेरिकालाई वामदेवको आग्रह,‘एमसीसी फिर्ता लैजानुस्’ 

काठमाडौं, कात्तिक २४ : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् ।नेकपा एमालेको पूर्व उपाध्यक्ष...
अमेरिकालाई वामदेवको आग्रह,‘एमसीसी फिर्ता लैजानुस्’ 

काठमाडौं, कात्तिक २४ : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् ।

नेकपा एमालेको पूर्व उपाध्यक्ष समेत रहेका गौतमले एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्न अमेरिकालाई आग्रह गरेका हुन् ।

एमसीसीबारे जनमत बाझिएकाले फिर्ता लैजानु नै श्रेयस्कर हुने उनको भनाइ छ । “एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ । नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न ।

यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न बिनम्र अनुरोध गर्दछु,” विज्ञप्तिमा भनिएको छ“ यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रबर्द्धन गर्न विनम्र अनुरोध गर्दछु ।”

एमसीसीसँग गरिएको सम्झौता पछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरिरहेको उनको भनाइ छ ।  

गौतम पछिल्लो समय नेकपा एमाले छाडेर नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए । 

प्रकाशित मिति: १८:३८ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्