Kathmandu Press

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

नुवाकोट, कात्तिक २४ :  बिदुर नगरपालिका ४ बट्टारस्थित रातो भाले होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। लिखु गाउँपालिका ४ घर...
तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

नुवाकोट, कात्तिक २४ :  बिदुर नगरपालिका ४ बट्टारस्थित रातो भाले होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। 

लिखु गाउँपालिका ४ घर भएका ४४ वर्षीय राम शाहको होटलको दोस्रो तलाको कोठामा तास खेलिरहेको अवस्थामा मंगलबार राति प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार ७ सय १० रुपैयाँ र १ बुक तास फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्