Kathmandu Press

माओवादी केन्द्रका नेता रामचन्द्र झा एकीकृत समाजवादीमा प्रवेश गर्ने 

काठमाडौं, कात्तिक २४ : माओवादी केन्द्रका पुराना नेता रामचन्द्र झा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।उनी केही...
माओवादी केन्द्रका नेता रामचन्द्र झा एकीकृत समाजवादीमा प्रवेश गर्ने 

काठमाडौं, कात्तिक २४ : माओवादी केन्द्रका पुराना नेता रामचन्द्र झा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।

उनी केही दिनभित्रै एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन्। नेता झा एमाले, नयाँ शक्ति हुदै माओवादी केन्द्रमा पुगेका थिए । झाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग सल्लाह गरेरै पार्टी छोडेको माओवादी नेताहरुले दाबी गरेका छन् ।

तत्कालीन एमालेमा उनी माधवकुमार नेपाल समूहमा थिए। तर, संविधान निर्माणका क्रममा भएको पहिचानको आन्दोलनका क्रममा उनी एमाले छाडेर माओवादीमा प्रवेश गरेका थिए।

माओवादी छाडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि झा भट्टराईसँगै नयाँ शक्तिको राजनीतिमा लागेका थिए। नयाँ शक्तिले पछि संघीय समाजवादी फोरमसँग एकता गरेको थियो।

प्रकाशित मिति: १८:२६ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्