Kathmandu Press

एमालेले महाधिवेशनका लागि पार्टी सदस्यबाट एक जनाले सय रुपैयाँ उठाउने 

काठमाडौं, कात्तिक २४ : नेकपा एमालेको आगामी मंसिर १० देखि १२ सम्म हुने दशौं राष्ट्रिय महाधिवेशनमा खर्च हुने रकम पार्टी सदस्यबाटै उठाउने भएको...
एमालेले महाधिवेशनका लागि पार्टी सदस्यबाट एक जनाले सय रुपैयाँ उठाउने 

काठमाडौं, कात्तिक २४ : नेकपा एमालेको आगामी मंसिर १० देखि १२ सम्म हुने दशौं राष्ट्रिय महाधिवेशनमा खर्च हुने रकम पार्टी सदस्यबाटै उठाउने भएको छ ।

बुधबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा रु १ सयका दरले संकलन गर्ने निर्णय गरेको हो । एमालेका अनुसार देशभर संगठित सदस्य ७ लाख २० हजार रहेका छन् । ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुने एमालेले जनाएको छ ।

बुधबारको बैठकमा विभिन्न उपसमितिहरूले पेश गरेका प्रतिवेदन र कार्ययोजनामाथि छलफल गर्दै परिमार्जनसहित पारित गरेको छ । चितवनको नारायणी किनारमा अध्यक्ष केपी ओलीले मंसिर १० गते १२ बजे उद्घाटन गर्ने एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने एमालेले जनाएको छ ।

महाधिवेशन उद्घाटन सत्रमा कम्तिमा ५ लाखको जनसहभागिता जुटाउने एमालेले जनाएको छ । महाधिवेशनमा विदेशी ६२ मुलुकका राजनीतिक पार्टीलाई अतिथिका रुपमा बोलाउने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति: १८:२० बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्