कमलपोखरीमा छठ पूजा : राष्ट्रपतिले दिइन् सूर्यलाई अर्घ्य
काठमाडौं, कात्तिक २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन्। काठमाडौं महानगरपालिकाद्वारा आयोजित छठ...
काठमाडौं, कात्तिक २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन्।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक हुनुभएका राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन्। काठमाडौं महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिइन्।
छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ। छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ।
अहिले यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रतालुको ठूलो भीड छ। भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ।
प्रकाशित मिति: १७:४५ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
