Kathmandu Press

एमालेले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन : खगराज अधिकारी

काठमाडौं, कात्तिक २४ : प्रमुख प्रतिपक्षी दल एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको टिप्पणी गरेका छन्।आज रिपोर्टर्स क्लब नेपालले...
एमालेले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन : खगराज अधिकारी

काठमाडौं, कात्तिक २४ : प्रमुख प्रतिपक्षी दल एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको टिप्पणी गरेका छन्।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘परमादेशबाट बनेको सरकार हो, यो सरकारले संवैधानिक काम गर्छ भन्ने तपाईँहरुलाई विश्वास लाग्छ ररु सरकार त उल्टो अहिले दिशामा हिँडिरहेको छ। हाम्रो संविधानले समन्वय समितिको कल्पना गरेको छ त? अनि अहिले गठबन्धनले बनाएको समन्वय समिति कसरी संविधासम्मत भयो? यो संविधानविपरीत हो।’

अधिकारीले आफ्नो दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्। उनले भने, ‘एमालेले उहाँको राजीनामा पनि मागेको छैन र महाभियोगको प्रस्ताव पनि ल्याउँदैन। यसबारे छलफल गर्ने अवस्था छैन। न्यायाधीशहरुले राजनीति गर्ने, कुनै दलको भाका र भाषा बोल्ने काम गर्नुहुँदैन। न्यायालय पूर्वाग्रही हुनुहुँदैन। संविधानमा आधारित भएर चल्नुपर्छ। तर, यहाँ त परमादेश दिँदा नै सेटिङ भयो।’

उनले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी ओली नै सर्वसम्मत रूपमा आउने पनि स्पष्ट पारे। उनले भने, ‘अब पनि अध्यक्ष त केपी ओली नै हो नि, यसमा शंका छ र? अध्यक्ष  मात्रै होइन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ।’

उनले आफ्नो पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा ध्यान खिचेको पनि स्मरण गराए। उनले भने, ‘एमाले देशको ठूलो पार्टी हो, लोकतान्त्रीकरणको च्याम्पियन हो। हामीले गरेको काम राष्ट्रको निम्ति रोलमोडल हुनुपर्छ। मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठूलो कुरा हो? विधान महधिवेशन पनि सर्वसम्मत गर्‍यौं । अहिले नेतृत्वको महाधिवेशन हुँदैछ। नीतिमा कुनै फरक छैन। समाजवादको निर्माण कसरी गर्ने भन्नेमा हामी लागेका छौं। राष्ट्रिय स्वाधिनतालाई उचाइमा पुर्‍याउनुपर्छ । अहिले समाजवादको पूर्वाधार बनाउने बेला हो।’
 

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्