Kathmandu Press

नेपाल लाओस प्रस्थान

काठमाडौँ, माघ १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस प्रस्थान गरेका छन् । 

लाओस पिपुल्स रिभो....

नेपाल लाओस प्रस्थान

काठमाडौँ, माघ १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस प्रस्थान गरेका छन् । 

लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बुधबार राति लाओस गएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।  

प्रतिनिधिमण्डलमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, विष्णु रिजाल र अलि अख्तर छन् । 

नेकपा र रिभोलुसनरी पार्टी तथा नेपाल र लाओस दुई देशबीच सम्बन्ध सुधार गर्ने विषयमा उनीहरुबीच छलफल हुने स्वकीय सचिव गौतमले बताए। उनीहरु यही माघ २२ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, माघ १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्