Kathmandu Press

२८ वाणिज्य बैंकको नाफा ६४ अर्ब ९८ करोड

काठमाडौं, साउन ३१ : वाणिज्य बैंकहरूले नाफामा २४.१६ प्रतिशत बृद्धि गरेका छन्। २८ वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, गत वर्ष ६४ अर्ब ९८....

२८ वाणिज्य बैंकको नाफा ६४ अर्ब ९८ करोड

काठमाडौं, साउन ३१ : वाणिज्य बैंकहरूले नाफामा २४.१६ प्रतिशत बृद्धि गरेका छन्। २८ वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, गत वर्ष ६४ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएका छन्।

अघिल्लो वर्ष ५२ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका थिए। बैंकहरूले अघिल्लो वर्षभन्दा १२ अर्ब ६४ करोड रुपैयाँ बढी नाफा गरेका छन्। राष्ट्र बैंकका कारण आगामी आर्थिक वर्षमा बैंकको नाफामा ३० अर्बले खुम्चने बताईरहेका बेला गत वर्ष भने मनग्यै नाफा कमाएका हुन्।

बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै सरकारी स्वमित्वको राष्ट्रिय बाणिज्य बैंकले पाँच अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ।

त्यस्तै, दोस्रो धेरै नाफा कमाउनेमा कृषि विकास बैंक रहेको छ। बैंकले चार अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो वर्षभन्दा १९ प्रतिशतले बढी हो। तेस्रोमा नबिल बैंक रहेको छ। नबिल बैंकले चार अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको हो।

२८ वटा बाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, सेञ्चुरी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा भने अघिल्लो वर्षभन्दा घटेको छ। नेपाल बैंकको अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले नाफा घटेको छ। त्यस्तैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको पनि ६.५६ प्रतिशतले र सेञ्चुरी बैंकका ५.६४ प्रतिशतले नाफा घटेको छ।

सबैभन्दा धेरै नाफा बढाउनेमा एनआइसी एशिया बैंक रहेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा १२९ प्रतिशतले नाफा बढाएको हो। अघिल्लो वर्ष एक अर्ब ३३ करोड रुपैयाँ नाफा रहेकोमा गत वर्ष बैंकले तीन अर्ब पाँच करोड रुपैयाँ नाफा गरेको छ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन सच्याउन माग गरेको बताए। उनका अनुसार राष्ट्र बैंकले लागू गरेको स्प्रेड दरको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने निर्देशन दिएको बताए।

उनका अनुसार बफर पुँजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकको मुनाफामा २५ प्रतिशत अर्थात ३० अर्बले संकुचन आउने भएकाले सच्याउन पर्छ।

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, साउन ३१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्