Kathmandu Press

काठमाडौं उपत्यकामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १५५, भक्तपुरमा १५ र ललितपुरमा ३२...
काठमाडौं उपत्यकामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १५५, भक्तपुरमा १५ र ललितपुरमा ३२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,५६८ रहेको छ।

तीमध्ये काठमाडौंमा ५०४, भक्तपुरमा ४९७ र ललितपुरमा ५०१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:०० बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्