Kathmandu Press

२४ घन्टामा थपिए ४४० कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, कात्तिक २४ : पछिल्लो २४ घन्टामा देशभरिमा ४४० जना कोरोना संक्रमित थपिएका छन्।५,४०७ जनामा गरिएको पिसिआर परीक्षणबाट ३८७ र ४,४०७ जनामा गरिएको एन्टिजेन...
२४ घन्टामा थपिए ४४० कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, कात्तिक २४ : पछिल्लो २४ घन्टामा देशभरिमा ४४० जना कोरोना संक्रमित थपिएका छन्।

५,४०७ जनामा गरिएको पिसिआर परीक्षणबाट ३८७ र ४,४०७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९६,७८० पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४६० पुगेको छ।

अहिले देशभरिमा ७,५१९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ७,००५ जना होम आइसोलेसनमा र ५१४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी १८९ जनाको आईसियुमा उपचार भइरहँदा ५३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:५४ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्