Kathmandu Press

तामाङ पत्रकार सङ्घको अध्यक्षमा अञ्जली

तामाङ पत्रकार सङ्घको अध्यक्षमा अञ्जली

बनेपा, कात्तिक २४ : तामाङ पत्रकार सङ्घ काभ्रेपलाञ्चोक शाखाको धुलिखेलमा सम्पन्न चौँथो अधिवेशनबाट अञ्जली तामाङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ। 

नयाँ कार्यसमितिमा तामाङको नेतृत्वमा ११ सदस्यीय समिति निर्वाचित भएको हो। जसको उपाध्यक्षमा चित्र तामाङ, सचिवमा कृष्णबहादुर घिसिङ, सहसचिवमा लोकबहादुर तामाङ र कोषाध्यक्षमा सुनिता लुङबा रहेका छन्। सदस्यमा क्रमशः कृतिका घलान, अशोकबुद्ध लामा, जीवन तामाङ, सिर्जना तामाङ, विजय जिम्बा र लालध्वज तामाङ रहेका छन्। 

अधिवेशनबाट वाग्मती प्रदेश अधिवेशन प्रतिनिधिमा जगतमान बल, हीरामान बल, कृष्णबहादुर घिसिङ, सुनिता लुङबा, शर्मिला थिङ, मोतिलाल मोक्तान र चित्र तामाङ रहेका छन् भने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको लागि अञ्जली तामाङ, लोकबहादुर लामा, कृतिका घलान, इकमान लामा, हीरामान लामा, डिलबहादुर थोकर, रोजन तामाङ र महेन्द्र थिङलाई छनोट गरिएको छ। 

सङ्घका महासचिव बुद्ध योञ्जन लामाको प्रमुख आतिथ्यतमा सम्पन्न जिल्ला अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डिलबहादुर थोकर, प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामा, समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रिय सदस्य ध्रुव रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, फोटो पत्रकार सङ्घ वाग्मती प्रदेशका अध्यक्ष केशवराज पौडेल र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का जिल्ला अध्यक्ष चमार सिं लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए।
 

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्