Kathmandu Press

जापानको प्रधानमन्त्रीमा किसिदा फेरि निर्वाचित

टोकियो, कात्तिक २४ : जापानको प्रधानमन्त्रीमा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का अध्यक्ष  फुमिओ किशिदा फेरि निर्वाचित भएका छन्।संसदको विषेश अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित...
जापानको प्रधानमन्त्रीमा किसिदा फेरि निर्वाचित

टोकियो, कात्तिक २४ : जापानको प्रधानमन्त्रीमा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का अध्यक्ष  फुमिओ किशिदा फेरि निर्वाचित भएका छन्।

संसदको विषेश अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ। गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित भएका हुन्। 

Hardik ivf

गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित किसिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।  

उनले मन्त्रिपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ। छोटो समयका लागि सञ्चालन गरिएको संसदको विशेष अधिवेशनको अरु पनि केही महत्वपूर्ण कामहरु गरेको संसद सचिवालयले जनाएको छ। 

नयाँ सरकारले कोरोनाभाइरसको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ। अर्थतन्त्रलाई चलायमान गराउन सरकारले ‘गो टु ट्राभल’ अभियान समेत चलाउने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् । 

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गरेका थिए। 

प्रधानमन्त्री किशिदाले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरूसँग आग्रह गरेका थिए।

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्