पर्वतमा करेन्ट लागेर दुई युवकको मृत्यु
पर्वत, साउन ३१ : महाशीला–४ पाखापानीमा विद्युत पोल काड्दा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ।
आज पाखापानीका २७ वर्षीय केशबहादुर क्षे....
पर्वत, साउन ३१ : महाशीला–४ पाखापानीमा विद्युत पोल काड्दा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ।
आज पाखापानीका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। करेन्ट लागेर अर्का स्थानीय वासिन्दा भरत क्षेत्री घाइते भएका छन्। उनलाई उपचारका लागि पोखरा पठाइएको छ।
महाशीला गाउँपालिका–४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताए।
घटनास्थलमा लुङ्खु प्रहरी चौकीबाट प्रहरीको टोली पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
मृतकहरुको शव परीक्षणका लागि पर्वत जिल्ला अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ।





