Kathmandu Press

१२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारबाट फाइजर खोप दिइने

काठमाडौं, कात्तिक २४ : सरकारले कोरोना विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरूलाई फाइजर खोप दिने भएको छ ।खोपको...
१२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारबाट फाइजर खोप दिइने

काठमाडौं, कात्तिक २४ : सरकारले कोरोना विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरूलाई फाइजर खोप दिने भएको छ ।

खोपको पहिलो मात्रा आइतबार (कात्तिक २८) देखि आगामी मंसिर ४ गतेसम्म दिइनेछ। दोस्रो मात्रा मंसिर २७ देखि पुस २ गतेसम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२१ देखि २८ दिनको अन्तरालमा यो खोपका दुवै डाेज लिइसक्नुपर्ने हुन्छ।

खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ। खोप लगाउन काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ वटा अस्पताललाई खोप केन्द्र तोकिएको छ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपाललाइृ १ लाख डोज खोप उपलब्ध गराएको थियो।

फाइजर खोप पाउने लक्षित दीर्घ रोगी समूह यसप्रकार छन्ः

-मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका

-मृगौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका

-जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका

-फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका

-अंग प्रत्यारोपण गरेका

-उच्च रक्तचाप वा मधुमेह भइ उपचार गराइरहेका

-रोग प्रतिरोधात्मक क्षमता कम भएका अवस्थाका

-मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका

प्रकाशित मिति: १५:०६ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्