एमाले डडेलधुरा अध्यक्ष जोशी एकीकृत समाजवादीमा
कैलाली, कात्तिक २४ : एमाले डडेलधुरा अध्यक्ष डा. तारा जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले आज जिल्ला...
कैलाली, कात्तिक २४ : एमाले डडेलधुरा अध्यक्ष डा. तारा जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले आज जिल्ला कमिटीका बहुसंख्यक सदस्यसहित उनले एमाले त्यागेका हुन्।
डडेल्धुरामा आयोजित एक कार्यक्रमबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा उनीहरूले पार्टी प्रवेश गरेका हुन्।
एमालेमा देखिएको व्यक्तिवादी, सिद्धान्तहीन र अराजकतावादी सोचकविरुद्ध आफूहरू समाजमावादीमा लागेको जोशीले बताएका छन्।
२०५४ सालमा २६ वर्षको उमेरमा एमालेको जिल्ला नेतृत्व लिएका सम्हालेका उनी पछिल्ला दुई अधिवेशनबाट अध्यक्ष बनेका थिए।
एमालेले गत पुस ५ मा गठित जिल्ला नेतृत्वलाई नै प्राथमिकता िदएपिछ जोशीसहित नेताहरु असन्तुष्ट रहँदै आएका थिए। जोशीसहित डडेलधुराका नेताहरुले गत असोजमा गोदावरीमा भएको एमाले विधान महाधिवेशन बहिष्कार गरेका थिए।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
