मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने
काठमाडौं, कात्तिक २४ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यही कात्तिक ३० गते विश्वासको मत लिने भएका छन्।अल्पमतमा परेपछि यसअघिका मुख्यमन्त्री रहेका भीम...
काठमाडौं, कात्तिक २४ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यही कात्तिक ३० गते विश्वासको मत लिने भएका छन्।
अल्पमतमा परेपछि यसअघिका मुख्यमन्त्री भीम आचार्यले कात्तिक १५ गते राजीनामा दिएपछि सोही दिन संविधानको धारा १६८ को उपधारा ४ बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री राईले विश्वासको मत लिएर मात्रै मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन्।
कात्तिक २३ गतेका लागि प्रदेश सभा बैठक बोलाइए पनि राईले कात्तिक ३० गते विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक एक साता पछि सारिएको छ।
प्रकाशित मिति: १३:३७ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
