प्रधानसेनापति शर्मालाई भारत सरकारले दियाे मानार्थ सेनापतिकाे दर्जा
काठमाडौं, कात्तिक २४ : प्रधानसेनापति प्रभुराम शर्मालाई भारत सरकारले मानार्थ सेनापतिको दर्जा दिएको छ।बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति...
काठमाडौं, कात्तिक २४ : प्रधानसेनापति प्रभुराम शर्मालाई भारत सरकारले मानार्थ सेनापतिको दर्जा दिएको छ।
बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति शर्मालाई उक्त दर्जा प्रदान गरेका हुन्।
कार्यक्रममा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित मन्त्रीहरू, दिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिज्ञ, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलगायत सैन्य अधिकारी उपस्थित थिए।
भारतसँगको लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न शर्माको अपार योगदानको सम्मानमा मानार्थ सेनाध्यक्षको दर्जा प्रदान गरिएको भारतीय सेनाले जनाएको छ ।
नेपाली सेनाको आधुनिकीकरण अभियानलाई शर्माले जारी राखेको भन्दै भारतीय सेनाले उनको प्रशंसा पनि गरेको छ।
नेपाल र भारतका सेनापतिले एकअर्काको देशमा मानार्थ सेनापतिको दर्जा ग्रहण गर्ने चलन छ।
प्रकाशित मिति: १३:१९ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
