Kathmandu Press

हेलम्बुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सिन्धुपाल्चोक, कात्तिक २४ : जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौंको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको  बा ४ ख...
हेलम्बुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सिन्धुपाल्चोक, कात्तिक २४ : जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौंको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । 

सिन्धु हेलम्बु यातायात प्रालिको  बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

मृत्यु हनेमा हेलम्बु– ३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ। 

घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिए। 

घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। बस चालकलाई  प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ।
 

प्रकाशित मिति: १३:१८ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्