Kathmandu Press

यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या

आदेन, कात्तिक २४ : यमनको दक्षिणी सहर आदेनमा एकजना महिला पत्रकारको हत्या भएको छ। बम विस्फोट गराएर उनको हत्या गरिएको छ भने उनका नवजात...
यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या

आदेन, कात्तिक २४ : यमनको दक्षिणी सहर आदेनमा एकजना महिला पत्रकारको हत्या भएको छ। बम विस्फोट गराएर उनको हत्या गरिएको छ भने उनका नवजात शिशुको पनि ज्यान गएको छ। आदेनमा मंगलबार ती महिलाको हत्या गरिएको एकजना सुरक्षा निकायका अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन्।

उनका अनुसार आदेनमा रहेको उनको घरबाट निस्केपछि उनीहरुको कारमा बम विस्फोट गराइएको थियो । त्यस क्रममा भएको विस्फोटमा परी ती महिला पत्रकार र उनका शिशुको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्। उनीहरुको यात्राका क्रममा गुडिरहेको कारमा नै बम विस्फोट गराइएको थियो । उनका श्रीमान् पनि पत्रकार हुन्। 

Hardik ivf

बम विस्फोटबाट महिला पत्रकार रासा अब्दुल्लाह र उनका नवजात शिशुको ज्यान गएको छ भने उनका श्रीमान् सख्त घाइते भएका छन्।

घाइते श्रीमानको अवस्था पनि गम्भीर रहेको ती सुरक्षा अधिकारीले जनाएका छन्। उनी एक स्थानीय टेलिभिजनका पत्रकार हुन् । यहाँको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक रुपमा गरिएको अनुुसन्धानबाट उनीहरुको रोकी राखेको कारमा बम राखेको र पछि कार गुडेपछि रिमोर्ट कन्ट्रोलको सहायताले विस्फोट गराएको अनुमान गरिएको छ। 

यस विस्फोटको जिम्मा अहिलेसम्म कुनै व्यक्ति या समूहले लिएको छैन । प्रहरीले हत्याराहरुको खोजी गरिरहेको बताएको छ। प्रहरीले यसमा आतंककारी समूहको हात रहेको अनुमान गरेको छ। 

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्