Kathmandu Press

भारतमा थपिए ११ हजार कोरोना संक्रमित

नयाँ दिल्ली, कात्तिक २४ : भारतका कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ सङ्क्रमित थपिएका छन्।अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य...
भारतमा थपिए ११ हजार कोरोना संक्रमित

नयाँ दिल्ली, कात्तिक २४ : भारतका कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ सङ्क्रमित थपिएका छन्।

अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ। 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन्। 

यो सङ्ख्या २६४ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ। कुल सङ्क्रमित मध्ये ९८।२५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्। 

भारतमा गएको जनावरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म देशभरी १ अर्ब ६ करोडभन्दा बढी मानिसले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन्। 

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, कात्तिक २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्