धनुषामा दुर्घटना भएकाे बसमा लाग्याे आगो, १२ जना घाइते
जनकपुरधाम, कात्तिक २४ : धनुषामा यात्रुवाहक बस दुर्घटना भई आगो लाग्दा १२ जना घाइते भएका छन्।घाइते हुनेमा सात महिला, चार पुरुष र एक बालक...
जनकपुरधाम, कात्तिक २४ : धनुषामा यात्रुवाहक बस दुर्घटना भई आगो लाग्दा १२ जना घाइते भएका छन्।
घाइते हुनेमा सात महिला, चार पुरुष र एक बालक छन्। घाइते सबैको उपचार भइरहेको छ। आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मालटोलमा आज बिहान करिब ८ बजे ना६ख ७१०२ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको थियो।
दाङबाट विराटनगर गइरहेको उक्त बस सन्तुलन बिग्रेकाले सडकबाट तल खसेको बताइएको छ। दुर्घटनामा परेको उक्त बसमा आगो लाग्दा पुरै भाग जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।
बसका चालक र सहचालक भने फरार रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १२:५९ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
